FAQs Complain Problems

संक्षिप्त परिचय

बुढीगंगा गाउँपालिका मोरङ जिल्लाको दक्षिण पश्चिममा रहेको तीब्रतर आर्थिक सामाजिक विकासमा लागेको एक गाउँपालिका हो । पश्चिमबाट बग्ने बुढी खोलालाई यसको पवित्र नाम "बुढीगंगा" नामबाट यो गाउँपालिकालाई स्थानीय तहको पुनरसंचनाका बखत कायम गरिएको हो ।

साविकमा रहेका टंकीसिनवारी, हात्तिमुढा, सिसवनी बडहरा र डंग्राहा गरी कुल ४ वटा गाउँ विकास समितिहरूलाई एकीकृत गरी बुढीगंगा गाउँपालिका स्थापित भएको हो । 

२६ डिग्री ४५ मिनेट उत्तरी अक्षांस र ८७ डिग्री २७ पूर्वी देशान्तरमा फैलिएर रहेको यो गाउँपालिका कुल ५६.४१ बर्ग किलो मिटरमा फैलिएको छ ।

यो गाउँपालिकाको पूर्वमा ग्रामथान गाउँपालिका, पश्चिममा सुनसरी जिल्ला र उत्तरमा सुन्दरहरैंचा नगरपालिका तथा दक्षिणमा विराटनगर महानगरपालिकासंग जोडिएको छ । सामुद्रिक सतहबाट मात्र ८७ मिटरको उचाईमा रहेको यस गाउँपालिकाको अधिकांस भूगोल समतल भूभागमा पर्दछ ।

बर्तमान संबिधानले परिकल्पना गरेको संघीय शासन पद्धतिका सवै खाले अवसरहरूलाई स्थानीयबासिका घरदैलो सम्म सहज रुपले प्रवाह गर्नकालागि तथा आन्तरिक प्रशासनिक कार्य र सेवा प्रवाहलाई सुगम र सहज बनाउन यस गाउँपालिकालाई ७ वटा वडामा बिभाजन गरिएको छ ।

बुढीगंगा गाउँपालिका साबिकका ४ गा.वि.स. हरु मिलेर बनेको छ । जस अन्तर्गत साविक टीकिसिनवारी गा.वि.स.मा १,२,३ वडाहरु रहेको छ, साबिक टंकिसिनवारी गा.वि.स.को नाम टंकि चौकमा रहेको काठवाट वनेको टुङघरको नाम अपभ्रंस भएर टंकिसिनवारी गा.वि.स. रहन गयो । त्यसैगरि साबिस हात्तिमुडा गा.वि.स. वाट हालको ४ र ५ नं. वडा वनेको छ, साबिक हत्तिमुडा गा.वि.स. अन्तर्गत हालको हात्तिमुडा चौकमा विराईते नाम गरेकी एकल महिलाले धेरै हात्तिहरु पालेकी थिईन उनी बृद्ध भएपछि हत्तिलाई समाल्न सकिनन् र हात्तिहरुले जथाभावि गाउँलेको बालिनाली खान थाले त्यसपछि गाउँलेहरुले जन्जिरले रुखको मुडाहरुमा हात्तिहरु बाधेर राख्न थाले र हात्तिहरुलाई मुडामा बाधेको हुनाले हात्तिमुडा नाम रहन गयो । साबिक शिसवनी बडहरा गा.वि.स. अन्तर्गत हालको ६ नं. वडामा रहेको शिसबनि र बडहरा गाउँमा पहिला धेरै सिस्नु रहेको र सिस्नु वडारेर बस्ती बसेको हुनाले यो ठाउँको नाम शिसबनि बडहरा रहन गयो । साविक डंग्राहा गा.वि.स. हालको ७ नं. वडा रहेको डंग्राहा खोलाको नाम डंग्रराहा रहन गयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या ५१,४९७ देखिन्छ । विगत जनगणना भन्दा जनसंख्या २२.६९ प्रतिशतले बृद्धि भएको छ ।

 

जनगणना वर्ष परिवार  संख्या जम्मा पुरुष महिला
२०७८ 12360 51497 25307 26190
२०६८ ९६२१ ४१९७१ २१०७५ २०८९६
स्रोतः- राष्ट्रिय तथ्याङ्क कार्यालय, काठमाण्डौँ ।

 

जन प्रतिनिधि