FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटी फिर्ताको निर्णय

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटी फिर्ताको निर्णय

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको
    सूचना फाराम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको
    सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर न.पा.को नियमानुसार
  • माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२
    अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ

घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
  • नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • वडा सचिवको किटानी सिफारिस
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • स्थलगत वडा सर्जमिन मुचुल्का
  • व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

  • निवेदन पत्र र आमा/वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • अस्थायी निस्साको प्रतिलिपी, नागरिकता टोलीमा दर्ता भएको निस्साको प्रतिलिपी ।
  • दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
  • अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्ममिति खुलेको विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
  • विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकताको प्रतिलिपी ।
  • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • बसाईसराई गरी आएको भए बसाईसराईको प्रमाणपत्रको प्रतिलिपी ।
  • जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी ।
  • कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस पत्र ।
  • चालु आ.व. सम्मको मालपोत/सम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।
  • प्रतिलिपीको हकमा पुरानो नागरिकताको प्रतिलिपी ।