FAQs Complain Problems

बक्तृत्वकाला प्रतियोगिता - नरग्राम मोडेल माध्यमिक विद्यालय

Read More

DHIS2 र e-LMIS को ४ दिने तालिम

Read More

सहकारी लेखापालन सम्बन्धि ५ दिवसीय तालिम

Read More

संक्षिप्त परिचय

मोरङको बुढीगंगा गाउँपालिकाको बिराटनगर महानगरपालिकासँग सिमाना जोडिएको छ। विराटनगरबाट यो गाउँपालिका उत्तर तिर पर्दछ । तसर्थ बुढीगंगा र विराटनगरको बिचमा खासै अन्तर रहेको छैन । बुढीगंगा गाउँपालिकामा थुप्रै उद्योगधन्दा छन्, जसले विराटनगरमा भएको ख्याति पाएका छन् । विभिन्न उद्योगधन्दाको अवस्थितिका कारण यो स्थान विगतमा र वर्तमानमा पनि प्रख्यात स्थल हो । अघि वि।सं। १९७१ सालभन्दा अगाडी रंगेली विराटनगरको सदरमुकाम थियो । तर त्यस बेला पनि हात्तिमुडा र टंकि सिनवारी भेगमा मानिसको सामान्य वस्ती थियो । यसै गरी यही गाउँपालिकाबाट कोशी राजमार्ग पनि गयेको देखिन्छ । पछि १९७१ सालमा मोरङको सदरमुकाम विराटनगरमा सारिएको हो । त्यस पछि बुढीगंगा गाउँपालिका क्षेत्र विराटनगरको उत्तर तिरको महत्वपूर्ण गाउँको रुपमा परिचित रह्‌यो । 

अघि बुडीगंगा गाउँपालिका क्षेत्रको ठुलो भूभागलाई घना जंगलले ढाकेको देखिन्छ । यहाँका नदी किनारी भागमा केही जातजातीका मानिसहरुका स(साना वस्तीहरु थिए । घना जंगलका कारण मानिसले खोला या नदीको किनारी भागमा तथा पहाडको फेदीमा बस्न आवश्यक थियो । बुढीगंगा गाउँपालिका भेगमा बेलाबेलामा पाईने पुराना बसोबासका अवशेषहरुले  यसै कुराको संकेत गरेका छन् । डंग्राहा, सिसवनी बडहरा, हात्तिमुडा र टंकी सिनवारी आसपासमा यस्ता पुराना थुप्रै प्रकारका अवशेषहरु पाईएका छन् । तिनीहरु कतिपय नासिएका छन् भने कतिपय अझसम्म पनि उजागर हुन  सकेका छैनन् । अघि राणाकालमा मोरङको सदरमुकार रंगेलीतिर जाँदा यहींको बाटो हिडने चलन थियो । धरान र पहाडतिरबाट विराटनगर र भारतका विभिन्न स्थानतिर जाने बाटो पनि यहींबाट गएको थियो । यस अधारमा बुढीगंगाको सम्बन्ध विराटनगरसंगै गाँसिएको छ र यसको प्राचिनता विराटनगर जतिकै पुरानो मानिन्छ ।

ऐतिहासिक रुपमा मोरङको बुढीगंगा लगायतको विराटनगर भेग बिभिन्न राज्यको अधिनमा पर्ने र यदा कदा स्थानीय रजौटाहरुले शासन गर्ने स्थान भयो । अघि यो भेग मत्स्यदेश भित्र पर्दथो पछि गएर मत्स्यदेश टुक्रिन पुग्यो र यो क्षेत्र पुण्डबर्धनको एक महत्व पूर्ण केन्द्र बन्यो प्राचिनकालमा यो भेग बरागक्षेत्र नजिकमा पर्ने गर्दथो । त्यसै बेला यस स्थानमा मानिसहरुको बसोबास भएको संकेत पाईन्छ । प्राचिनकाल देखिनै यस वरपरको ठूलो क्षेत्रमा मानिसको बसिबास भएको अनुमान छ । मोरङको भेडियारी, कसेनीको धनपालगडी, हरैचा र राजघाट सहर नै बुढीगंगा क्षेत्रमा पनि मानिसहरुको बसोबास थियो । मध्यकालमा कुनै बेला बुढीगंगा भेग मोरङ राज्य भित्र पर्दथ्यो त्यसै त्यसै बेला यो स्थान पनि राजा धनपालको अधिनमा थियो भन्ने देखिन्छ । विजयपुर भेग बिभिन्न राजा र रजौटाका अधिनमा पर्ने र तिनबाट छुट्कारा पाउने क्रममा नै यस भेगमा विजय नारयण पछि पाल्पाली शेन राजा लोहान शेनले कब्जा गरे । यो भेग मोरङको महत्वपूर्ण क्षेत्रका रुपमा मधयकाल भर रहिरहयो । 

Pages

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
लेखा अधिकृत
सूचना अधिकारी
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष्वडा/सदस्य/वडा सचिव,सव-इन्जिनियर,इन्जिनियर
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घरको प्रकार र ठाउँ अनुसा
आवश्यक कागजातहरुः-
  • घरकायम गरी पाउः भन्ने निवेदन  
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि  
  • सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि  
  • स्थलगत प्रतिवेदन  
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
     
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घरको प्रकार र ठाउँ अनुसार
आवश्यक कागजातहरुः-
  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन  
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि  
  •  मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि  
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि 
  • सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि  
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार ।
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा गर्न परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु ।
  • नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपी ।
  • दुवै कान देखिने हालै खिचेको पासपोर्ट र्साईजको फोटो ३ प्रति ।
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाणहरु ।
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • सर्जमिन मुचुल्का ।
  • चालु आ.व. सम्मको मालपोत,रसम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण । 
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
  • असहाय महिलाको लागि श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र वा प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ।
  • बसाई सराईगरि आएको भए सो प्रमाणपत्रको प्रतिलिपी ।
  • हालसालै खिचेको पासपोट र्साईजको ३ प्रति फोटो ।
  • अपाङ्गको हकमा नेपाल सरकारको मान्यता प्राप्त चिकित्सक द्वारा प्रमाणित भएको प्रमाणपत्र ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. २५/– र सिफारिश दस्तुर रु. २००/– जम्मा २२५/–
आवश्यक कागजातहरुः-
  • नागरिकताको फोटोकपी
  • एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी
  • लालपूर्जाको फोटोकपी
  • स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- चन्द्र नारायण चौधरी (ईन्जिनियर)
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यलय
सेवा शुल्कः- ईन्जिनयर रु. १५०० ओभरसियर रु. १०००
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर,
  •  आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • नवीकरणको हकमा सक्कल प्रमाणपत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- चन्द्र नारायण चौधरी (ईन्जिनियर)
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यलय
सेवा शुल्कः- निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको  प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
  • गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
  • गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.२८) बाट
  • खरिद गर्नु पर्ने
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)

Pages

जानकारी